भिरिङ्गी लागेपछि यस्ता लक्षणहरू देखा पर्छन्
काठमाडौं । भिरिङ्गी प्यालिडम उपप्रजातिको ब्याक्टेरियम ट्रेपोनेमा प्यालिडमका कारणले हुने यौनरोग हो । भिरिङ्गीलाई चार चरणमा विभाजन गरिएको छः प्राथमिक, माध्यमिक, निष्कृय र तेस्रो चरणको भिरिङ्गी ।
सका लक्षण तथा चिह्नहरू कुन चरणको भिरिङ्गी लागेको हो भन्ने कुरामा निर्भर गर्दछन् । प्राथमिक चरणको भिरिङ्गी लागेको व्यक्तिमा एउटा मात्र खटिरा ९कङ्कर० देखा पर्छ । कडा, नदुख्ने र नचिलाउने यो खटिरा प्रायजसो प्रजनन् अङ्गको छालामा देखिन्छ ।
एउटै खटिरा भए पनि धेरै ठाउँमा पीडा महशुस हुन सक्छ । माध्यमिक चरणको भिरिङ्गी लागेको मानिसको प्रायजसो हत्केला तथा पैतालामा रातो र ठूलो आकारमा फैलिएको फोका देखा पर्छ ।
त्यस्तै मुख तथा योनीमा पीडा महशुस हुन सक्छ । निष्क्रिय भिरिङ्गीमा थोरै लक्षणहरू देखिने वा कुनै पनि लक्षण नदेखिने हुन सक्छ । यो धेरै बर्षसम्म निष्कृय रहन सक्छ । समयमै यसको उपचार नभएमा यसले आँखा, दिमाग, नसा, मुटु, हाड तथा जोर्नीहरूमा असर पार्छ र शरीरका अन्य प्रणालीहरू नै खराब पार्न सक्छ ।
साथै भिरिङ्गी भएकी आमाले बच्चा जन्माएमा बच्चा अन्धो वा सुस्त मनस्थितिको जन्मने सम्भावना रहन्छ भने कहिले कही मृत्यु नै पनि हुन सक्छ ।
लक्षण
भिरिङ्गीका लक्षणहरू ब्यक्तिमा बर्सौंसम्म नदेखिन पनि सक्छन् ।
१। शरीरभरि डाबर आउने,
२। लिङ्ग, मलद्धार, भगोष्ठ ९योनिको बाहिरी भाग०, पाठेघरको मुख, घाँटी अनि ओठका वरिपरि नदुख्नेखाले घाउ खटिरा आउने,
३। कपाल झर्ने,
४। टाउको दुख्ने
५। तौल कम हुने
प्रकाशित मितिः२०७५ चैत १५ शुक्रबार