परीक्षार्थीहरुले जनकपुरमा प्रदर्शन गरे

भक्तपुर न्यूज

१५ चैत २०७५ ६:०९

परीक्षार्थीहरुले जनकपुरमा प्रदर्शन गरे

जनकपुर । एसइई अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीहरुले जनकपुरमा प्रदर्शन गरेका छन् । परीक्षाको एकदिन पहिले नै प्रश्नपत्र आउट भएपछि शुक्रबारको सामाजिक विषयको नियमित तर्फको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेको छ ।

दुईपटक लगातार प्रश्नपत्र आउट भएकोले यसो हुनु सुनियोजित रहेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरूले परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै जिल्ला प्रशाशन कार्यालय धनुषा अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

विद्यार्थीको भविष्यसँग खेलबाड गरेको भन्दै जनकपुरको भानुचोक, रामचोक लगायतका स्थानमा बिहानै देखि परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।

प्रकाशित मितिः२०७५ चैत १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *