आलुले छातीको क्यान्सर हुनबाट बचाउँछ
काठमाडौं । आलु बहूउपयोगि कन्दमूल मानिन्छ । तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ । आलुलाई हामी तरकारी, दाल र अचारको रुपमा खान सक्छौं । प्रायः मानिसको लागि आलु निकै प्यारो तरकारी हो ।
आलुलाई सदाबहार तरकारीमै मात्र दर्जा प्राप्त छैन । यसमा विलक्षण औषधीय गुणसमेत छ । आलु पोषक र बलवर्द्धक खाध्य हो । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ ।
आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ। सय ग्राम आलुको खानयोग्य भागमा २२.९ प्रतिशत कार्वोहाइड्रेट, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम बोसो, ०.६ ग्राम मिनरल्स, .०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ। यस्तै प्रतिसय ग्राम आलुमा भिटामिन ’ए’ ४० आई.यू. र फलाम ०.७ मिलिग्राम पाइन्छ ।
आलुलाई भिटामिन ’सी’को महत्वपूर्ण श्रोत मानिन्छ र आधुनिक पोषण पद्धतिमा भिटामिन ’सी’ लाई रोग निरोधक मानिएको छ ।
आलुले हाम्रो स्वास्थ्यमा पुर्याउने फाइदाहरूः
१. स्पेनका अनुसन्धानकर्ताका अनुसार जो व्यक्तिले दैनिक आलु खान्छन् उनीहरूमा रोगसँग भिड्ने सामथ्र्य बढ्छ ।
२. आलुलाई अनाजमा पूरक आहारको स्थान प्राप्त छ । सबै प्रकारको आलु शीतल, मलरोधक, मल तथा मूत्रलाई उत्पन्न गराउने र रक्तपित्त हटाउने मानिन्छ ।
३. आलुको बारेमा शोधकर्ता शैला बिंघम, एडिन केसिदी तथा जोन कमिङ्गस नामक तीन पोषणविद्का अनुसार छातीको क्यान्सर रोक्नका लागि आलुको सेवनले फाइदा र्पुयाएको कुरा आफ्नो अनुसन्धानको तथ्यलाई पुष्टि गर्दै हालैको ब्रिटिस जर्नल अफ क्यान्सर नामक शोधमूलक पत्रिकामा प्रकाशित गरेका छन् ।
४. पोषणविद्का अनुसन्धान अनुसार मानिसले सेवन गर्ने आलुमा हुने स्टार्चको मात्रा र छाती, आन्द्रा तथा मलाशयमा हुने क्यान्सरको गहिरो सम्बन्ध हुन्छ ।
५. वैज्ञानिकका अनुसार आलुको छोक्रा हटाएपछि त्योसँगै केही पोषक तत्त्वसमेत बाहिर गइहाल्छ ।
६. आलुलाई उमालेपछि बाँकी रहेको पानीमा भिटामिन रहने भएकाले त्यो पानीलाई फ्याँक्नुको सट्टा तरकारी वा दालमा मिसाएर खानुपर्ने सल्लाह दिन्छन् ।
प्रकाशित मितिः२०७५ चैत १३ बुधबार