‘विप्लव’ नेतृत्वको नेकपाले सरकारविरुद्ध आन्दोलनको घोषणा

भक्तपुर न्यूज

१२ चैत २०७५ ४:२४

‘विप्लव’ नेतृत्वको नेकपाले सरकारविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । उसले आफ्नो पार्टीमाथि लागाइएको प्रतिबन्ध हटाउन माग गर्दै अन्दोनल गर्ने घोषणा गरेको हो ।

साथै पार्टीका मध्य क्षेत्र कमाण्डर हेमन्त प्रकाश ओलीसहितका आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको भन्दै विप्लव समूह सरकारविरुद्ध आक्रामक बन्न खोजेको छ । उनीहरुलाई रिहाइ र पार्टीमाथिको प्रतिबन्ध यही चैत्रभित्रै नहटाए चरणबद्ध अन्दोलन गर्ने घोषणा गरेको हो ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको जनाएका छन् । सरकारले चैत महिनाभित्र आफूमाथि लगाएको प्रतिबन्ध हटाउन माग गरेका उनले नहटाएमा सरकारका सबै कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएअनुसार बुधबार मुलुकभरका चोक चोकमा जुलुस निकाल्ने, बिहीबार कोणसभा गर्ने, शुक्रबार मसाल जुलस निकाल्ने र शनिबार पूरै नेपाल बन्द गर्ने कार्यक्रम तय भएका छन् ।

त्यसैगरी यही चैत १९ गते देशभर अन्तरक्रिया कार्यक्रम गर्ने, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन गर्ने र २३ गते कालो झण्डा प्रदर्शन गर्ने तथा २४ गते मुलुकभरि जनप्रदर्शन गर्ने विज्ञप्तिमा जनाईएको छ ।

प्रकाशित मितिः२०७५ चैत १२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय