काठमाडौं । युरो कप २०२० छनोट खेलमा स्पेन र इटालीले सुखत सुरुवात गरेका छन् । गएराति भएको खेलमा स्पेनले नर्बे र इटालीले फिनल्याण्डलाइ पराजित गर्दै सुखद सुरुवात गरेका हुन् ।
नेपाली समय अनुसार रति १:३० बाट सुरु भएको खेलमा २ पटकको युरोपियन च्याम्पियन बनेको स्पेनले नर्वेलाई १–२ गोलले पराजित गरेको हो । खेलमा सुरुवाती गोल स्पेनले गरेको थियो । डिफेन्डर जोर्डी अल्वाको पासमा स्पेनिस फरवार्ड रोड्रिगोले १६ औं मिनेटमा गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाए । उनले जोर्डी अल्वाको क्रसलाइ लेफ्ट फ़ुटेड वान टचमा सुन्दर गोल गरेका थिए ।
दवाबमा रहेको नर्वेले गोल फर्काउन नसक्दा पहिलो हाफमा स्पेनले १-० को अग्रता कायम राख्न सफल भएको थियो । दोस्रो हाफको ६५ औं मिनेटमा नर्वेका जोसुआ किङ्गले पेनाल्टीमार्फत् गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । नर्वेले पाएको कर्नारकिकका क्रममा स्पेनी डिफेन्डर इनिगो मर्टिनेजले नर्वेका विजोन जोन्सेनलाइ दि बक्समा लड़ाउदाँ रेफ्रीले नर्वेलाई पेनाल्टीको अवसर दिएका थिए ।
स्पेनका स्ट्राइकर अल्भारो मोराटालाई वान भर्सेस वानको स्थितीमा नर्वेली गोल किपर रुन जर्स्टेनले डि बक्समा फल गर्दा रेफ्रीले पेनाल्टी दिएका थिए । ७१ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै स्पेनका कप्तान सर्जियो रामोसले बिना कुनै गल्ति गोलमा परिणत गरे । खेलमा स्पेनले २(१ को अग्रता हासिल गर्यो। ७ मिनेटको अतिरिक्त समय थपिएको खेलमा कुनै टीमले गोल गर्न सकेनन् र खेल स्पेनले २(१ ले जित्यो ।
त्यस्तै गया रातिनै भएको इटालीले फिनल्याण्डलाइ २-० गोल अन्तरले पराजित गरेको छ ।घरेलु मैदानमा भएको खेलमा इटलीले सातौं मिनेटमा नै निकोलो बरेलाको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा किनले इटलीको जित सुनिश्चित गरे । इटलीका लागि भर्खर दोस्रो खेल खेलेका १९ वर्षे मिनले ७४ औं मिनेटमा पहिलो अन्तराष्ट्रिय गोल गरेका हुन् ।
त्यस्तै बोस्निया हर्जगोभिनाले अर्मेनियालाई २-१ र ग्रिसले लेटेस्टेनलाइ २-० ले पराजित गरेको छ । जारी छनौट प्रतियोगितामा १० वटा समुहमा ५५ युरोपियन देशहरु प्रतिस्पर्धामा छन् । समुह एफमा रहेको स्पेनको समुहमा स्विडेन, नर्वे, रोमानिया, फरोस आइल्याण्ड र माल्ट रहेका छन्।
आज राती काजकिस्तान बिरुद्द रसिया, वेल्स बिरुद्ध स्लोभाकिया, सन् मारिनो बिरुद्ध स्कटल्याण्ड, इजरायल बिरुद्ध अस्ट्रिया र हंगेरी बिरुद्ध क्रोएसिया प्रतिस्पर्ध गर्दै छन् । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत १० आइतबार
Comments