१६४ किलो चरेससहित एक पक्राउ
धादिङ । पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातप रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार, भारतीय नम्बर प्लेटको युपी १९ टी ५१७१ नम्बरको ट्रकमा लुकाएर भारत लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान गजुरी गाउँपालिका–१ नजिकै पृथ्वीराजमार्गबाट चरेससहित पक्राउ परेका हुन् । काठमाडौंबाट भारततर्फ जान लागेको ट्रकको क्याबिनमा आठ बोरामा लुकाएर लग्न लागेको अवस्थामा सो लागुऔषध बरामद भएको हो ।
प्रकाशित मितिः२०७५ चैत ८ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
