काठमाडौं । गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसी र विष्णु आले मगरको आवाज रहेको निकै मार्मिक लोक गीत ‘हाँस्नु तिमी’ बजारमा आएको छ ।
मन्दिर म्युजिकको प्रस्तुति रहेको उक्त गीतमा जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोड्नु पर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ ।
संगीत गैरेको शब्द तथा लय रहेको गीतको एरेन्ज कृष्ण के.सी.ले गरेका छन् । काजिश श्रेष्ठको निर्देशनमा रहेको भिडियोमा सुरेश श्रेष्ठको छायांकन, दीपक विष्टको सम्पादन रहेको छ । भिडियोमा सारिका केसी र गोपाल लोक प्रेमीको फिचरिङ रहेको छ ।
प्रकाशित मितिः२०७५ चैत ३ आइतबार
Comments