राउत र सरकारबीच भएको सम्झौतालाई शंकाको घेरामा राखे
काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सीके राउत र सरकारबीच भएको सम्झौतालाई शंकाको घेरामा राखेका छन् ।आइतबार सामाजिक संजाल ट्विटर मार्फत ट्वीट गर्दै ‘नरो वा कुन्जरो वा अश्वत्थामा हतोहत’ जस्तो भएको भन्दै सुन्दा स्पष्ट नबुझने तर त्यसको अर्थ गम्भीर हुने भएको बताएका हुन् ।
महाभारत कथामा द्रोणाचार्यको बध गर्न प्रयोग गरिएको द्वीअर्थी कुरासँग तुलना गर्दै उनले भनेका छन्, ‘महाभारतमा भन्ने द्वीअर्थी कुरा गरेर द्रोणाचार्यको बध गरेझैं केपी सरकार–सीके सहमतिमा ‘जनअभिमत’मा आधारित लोकतान्त्रिक विधि भनेर जनमतसंग्रह अर्थ्याउने ढोका खोलिएको त हैन ? ’
साथै उनले ‘दालमें कुछ काला तो है ? ’ भन्दै सरकार र सिके राउतबीचको सहमतिलाई शंकाको घेरामा राखेका छन् ।
प्रकाशित मितिः २०७५ फागुन २७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
