काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले मलेसिया र कुवेतको राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
मुख्य प्रशिक्षकमा जोहान कालिनको आगमनपछि अखिल नेपाल फुटबल संघ एन्फाले दुई मैत्रीपूर्ण खेल खेलाउन लागेको हो । मैत्रीपूर्ण खेलका लागि टोलीको प्रशिक्षण सुरु भईसकेको एन्फाले जनाएको छ ।
एन्फाका अनुसार नेपालले २१ मार्चमा कुवेतसँग र २६ मार्चमा मलेसियासँग मैत्रीपुर्ण खेल खेल्ने भएको हो । यसअघि नेपालले मलेसियासँग २५ मार्चमा खेल्ने तय भएको थियो । दुवै खेल नेपालले अवे मैदानमा खेल्नेछ ।
प्रकाशित मितिः २०७५ फागुन २३ बिहिबार
Comments