केसर हालेको दूधले बढाउँछ पुरुषको यौनशक्ति

भक्तपुर न्यूज

२२ फागुन २०७५ ८:३७

केसर हालेको दूधले बढाउँछ पुरुषको यौनशक्ति

काठमाडौं । स्वादका लागि हामी दूधमा केसर हाल्ने गर्छौं । केसर दूधमा मिसाउँदा दूधको स्वाद नै अलग्गै हुन्छ ।

तर, यसरी खाँदा स्वादमा मात्र नभएर स्वास्थ्यमा पनि एकदमै फाइदा पुग्छ । एक अध्ययनका अनुसार केसर हालेको दूध पुरुषका निकै नै लाभदायक हुन्छ । हुनतः यसले महिलालाई पनि उत्तिकै फाइदा गर्छ । तर, यसले सन्तानोत्पतिको क्षमता बढाउने भएका कारण पनि पुरुषहरूलाई निकै फाइदा हुने भएको हो ।

दूधमा केसर हालेर पिउँदा यसले सन्तानोत्पत्तिको क्षमता दुई गुणा बढ्ने विभिन्न अध्ययनहरूले जनाएका छन् । यसैगरी दूधमा केसर हालेपछि यसमा अमिनो एसिड उत्पन्न हुन्छ । जसबाट हाम्रो यौनशक्तिमा पनि वृद्धि हुन्छ । यस्तै दूध र केसरमा भएको एन्टीअक्सिडेन्टले पुरुषको स्टामिना बढाउँछन् । कमजोरी भाग्छ ।

केसरयुक्त दूधले एन्डोर्फिन हर्मोनको स्तर सन्तुलित राख्छ र रोमान्टिक मूड कायम राख्छ । यस्तै यसको पुरुषका लागि अर्को एउटा फाइदा पनि छ । दूधमा केसर मिसाएर पिउँदा यसको क्यारोटनाइड्सले वीर्यशक्तिमा वृद्धि गरेर सन्तान जन्माउन सक्षम बनाउँछ ।

यस्ता छन् यसका अन्य फाइदाहरू
–यसले शरीरका विषाक्त पदार्थ हटाउँछ । छाला र कपाल स्वस्थ राख्छ ।

–यसमा भएको क्याल्सियम र प्रोटीनले मांसपेशी र हड्डी बलियो बनाउँछ ।

–यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । रुघाखोकी लाग्न दिँदैन ।
–यो पिउँदा टेस्टोस्टेरोन र एस्ट्रोजेनको स्तर सन्तुलनमा रहन्छ ।

प्रकाशित मितिः २०७५ फागुन २२ बुधबारa


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *