मोदी : आजको नयाँ भारत निडर, निर्भीक र निर्णायक

भक्तपुर न्यूज

१९ फागुन २०७५ १०:२२

मोदी : आजको नयाँ भारत निडर, निर्भीक र निर्णायक

काठमाडौं । भारतको राजधानी दिल्लीमा एक सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेको भारत नयाँ भारत हो, त्यो बदलिएको भारत भन्ने अभिव्यक्ति दिएका छन् ।दिल्लीमा आयोजित इन्डिया टुडे कन्क्लेभमा बोल्दै प्रधानमन्त्री मोदीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले आफ्नो लागि सबै वीर सैनिक जवानको रगत अमूल्य रहेको बताउँदै उनले भने, ‘पहिले जति नै मानिस मारिए पनि जति नै जवान शहीद भएपनि कुनै ठूलो कारबाही हुँदैनथ्यो। तर अहिले कसैले पनि भारतलाई आँखा लगाउन सक्दैन। हाम्रो सरकार जस्तो सुकै निर्णय लिनका लागि प्रतिबद्ध छ।’

मोदीले आजको नयाँ भारत निडर, निर्भीक र निर्णायक भएको बताएका छन्। । उनले भने, ‘देश अहिले सवा सय करोड भारतीयसँगै अघि बढिरहेको छ। भारतीयहरू एकजुट भएकाले देशभित्र र बाहिर अहिले देशविरोधी मानिसमा डर उत्पन्न भएको छ।’ मोदीले दोहोर्‍याएर भने, ‘घर भित्र र बाहिरका दुवैको बारेमा भन्दै छु। यो डर राम्रो हो । अझ दुश्मनलाई भारतको पराक्रमको डर हुन्छ भने त्यो राम्रो हो। एजेन्सी

प्रकाशित मितिः २०७५ फागुन १९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय