कमल बिनायकमा बृहत स्वास्थ्य शिबिर सम्पन्न
भक्तपुर । भक्तपुरको कमल बिनायक मन्दिर परिसरमा शनिबार सुगर, प्रेसर र मृगौला सम्बन्धी बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ । भक्तपुर नगरपालिका नं वडा १० को आयोजना भएको सो स्वास्थ्य शिबिरमा सम्पन्न भएको हो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले विकासको आधार भनेको नागरिकहरुको स्वास्थ्यमा भर पर्ने बताउँदै नगरपालिकाकाले शिक्षा र स्वास्थ्यमा जोड दिएको बताइन् ।
उनले नगरपालिकाद्धारा घरदैलो नर्सिङ सेवाबाट घरघरमा मृगौला रोगीहरु बढी देखिएकोले त्यसैलाई मध्यनजर गर्दै मृगौला रोग परिक्षणको स्वास्थ्य शिविर राखेको बताइन् ।
त्यस्तै उनले नेपाल मजदुर किसान पार्टीको घोषणा पत्र अनुसार ख्वप अस्पतालको शिलान्यास, पक्षिक सरसफाई कार्यक्रम, दीर्घ रोगीलाई दश हजार रुपैंया अनुदान, शैक्षिक ऋण, डाक्टर पढ्नेलाई छात्रबृत्ति लगायत कार्यहरु भएको जानकारी दिदैं बातावरण सफा राख्न सरसफाईमा ध्यान दिई आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्ने बताइन् ।
प्रकाशित मितिः २०७५ फागुन १८ शनिवार