काठमाडौं । इंग्लिस क्लब फुलहामले खराब नतिजा निकालेपछि मुख्य प्रशिक्षक क्लाउडियो रेनिएरीलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्तर्गत बुधबार राति साउथह्याम्पटनसँग २–० को पराजयसँगै क्लबले ६७ बर्षिया इटालियन प्रशिक्षक रेनिएरीलाई बिहीबार बर्खास्त गरेको हो ।
क्लबले अस्थायी रुपमा स्काट पार्करलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ ।साउथह्याम्पटनसँगको हारसँगै फुलहाम रेलिगेसन नजिक पुगेको छ । फुलहाम २८ खेलबाट मात्रै १७ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि रहेको छ । कार्डिफ सिटी २५ अंकसहित १८औं र हडर्सफिल्ड १४ अंक जोडेर पुछारमा छ ।
क्लवले स्लासिभषा जोकनोविक बर्खास्त गरेर चेल्सी तथा लेस्टर सिटीका पुर्व प्रशिक्षक रेनिएरीलाई गत नोभेम्वरमा फुलहामका प्रशिक्षक बनाएको थियो ।
प्रकाशित मितिः २०७५ फागुन १७ शक्रबार
Comments