किम जोङ र डोनाल्ड ट्रम्पको भियतनाममा भेटर्वाता
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आज भियतनाममा भेटर्वाता कार्यक्रम रहेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार नै भियतनामको राजधानी हनोई आइपुगेका थिए।
अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता किमबीच बुधबार र बिहीबार कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्ने सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको बताइएको छ । यसअघि दुई नेताबीच गत वर्ष जुनमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । उक्त वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा अस्पष्ट तर महत्वपूर्ण सहमति भएको थियो ।
उत्तर कोरियाको आणविक हतियार नष्ट गर्नेतर्फ यस पटकको वार्तामा ठोस सम्झौता हुने विश्लेषकले अनुमान गरेका छन्। दुई नेताको लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन १५ बुधबार
