मोटरसाइकल पल्टिँदा २ घाइते
भक्तपुर । भक्तपुरको नगरकोट मोडमा आज पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा २ जना घाइते भएका छन् ।
आज बिहान सवा ६ बजे पैदलयात्रीलाई ठक्कर दिएर बा ५२ प ७११९ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–५ छालिङका ४३ वर्षीय दिपेन्द्र गैडा र पैदलयात्री दुवाकोटका ४२ वर्षीय राजु श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गैडाको सैनिक अस्पताल छाउनीमा र श्रेष्ठको डा . इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७५ फागुन १५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
