नेपाल आइपुगिन् अष्ट्रियाकी विदेशमन्त्री
काठमाडौं । अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन केनिसिल बिहीबार काठमाडौं आएकी छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा १३ सदस्यीय प्रतिनिधिमण्डलसहित विदेशमन्त्री करिन नेपाल आएकी हुन् ।
विदेशमन्त्री करिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्रमन्त्री सहितको टोलीले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । यसका साथै विदेश मन्त्री करिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
विदेशमन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ ।
विदेशमन्त्री करिन फागुन ११ गते स्वदेश फर्किने कार्यक्रम छ ।
प्रकाशित मितिः २०७५ फागुन ९ बिहीबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
