काठमाडौं । बंगाली गायक प्रतिक चौधरीको निधन भएको छ । ५५ वर्षीय चौधरीको हृदयघातका कारण निधन भएको हो । परिवारिक स्रोतका अनुसार उनको निधन मंगलबार साँझ एपोलो अस्पतालमा भएको हो ।
उनी बंगाली संगीत क्षेत्रका लोकप्रिय गायक हुन् । साथै उनले थुप्रै चर्चित फिल्ममा पनि आफ्नो स्वर दिएका छन् । उनका पत्नी र एक छोरा छन् । बुधबार उनको अन्तिम संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मितिः २०७५ फागुन ८ बुधबार
Comments