सामाखुशीबाट ९ जुवाडे पक्राउ
काठमाडौं । टोखा नगरपालिका–९ सामाखुशीबाट ९ जुवाडे पक्राउ परेका छन् ।
बिहीबार साँझ प्रहरीले टोखा नगरपालिका–९ सामाखुशी बस्ने रमेश तामाङको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रमेश तामाङ समेत ९ जना रहेको र उनीहरुको साथबाट नगद २ लाख १८ हजार ३ सय ९० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मितिः २०७५ फागुन ३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
