नेपालले उपाधिका लागि शुक्रबार म्यानमारसँग प्रतिस्पर्धा गर्ने

भक्तपुर न्यूज

२ फागुन २०७५ ५:५४

नेपालले उपाधिका लागि शुक्रबार म्यानमारसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । भारतमा जारी हिरो गोल्डकप महिला फुटबल प्रतियोगितामा शुक्रबार फाइनल खेल हुँदैछ । जहाँ नेपालले उपाधिका लागि शुक्रबार म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।

उक्त प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमार अपराजित रहँदै ९ अंकका साथ फाइनलमा प्रवेश गरेको हो ।

तीन खेलमा ६ अंक जोडेको नेपालले उपविजेताको रुपमा म्यानमारसँग उपाधि भिडन्त पक्का गरेको छ । आयोजक भारतले एक जितसहित तीन अंक बटुल्यो भने इरान अंकविहीन हुँदै घर फर्कियो ।

यसअघि बुधबार भएको लिग चरणको अन्तिम खेलमा इरानलाई पराजित गर्दै नेपालले फाइनल प्रवेश गर्ने सम्भावना बनाएको थियो । नेपालको जितमा सावित्रा भण्डारीले दुई तथा अनिता बस्नेतले एक गोल गरिन ।

साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा आयोजक भारतसँगै म्यान्मार, इरान र नेपाल सहभागी छन् ।

प्रकाशित मितिः २०७५ फागुन २ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय