सबैजसो निजी विद्यालय बन्द

भक्तपुर न्यूज

२४ माघ २०७५ ६:१६

सबैजसो निजी विद्यालय बन्द

काठमाडौँ । आज देशभरका सबैजसो निजी विद्यालय बन्द भएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेपछि धेरैजसो निजी विद्यालयले बिहीबार छुट्टी दिएका हुन् ।

संगठनका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको यूनियनले जनाएको छ ।विद्यालय बन्द हुँदा लाखौँ बालबालिकाको पढाइ प्रभावित भएको छ । 

प्रकाशित मितिः २०७५ माघ २४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *