सिरुटारमा मोतिविन्दुको विरामीको निःशुल्क शल्यक्रिया

भक्तपुर न्यूज

२३ माघ २०७५ ४:१६

सिरुटारमा मोतिविन्दुको विरामीको निःशुल्क शल्यक्रिया

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटार स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३१ जना मोतिविन्दुको विरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिरुटार स्वास्थ्य चौकीको आयोजना तथा नेपाल नेत्रज्योति किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको प्राबिधिक सहयोगमा संचालित शिविरमा भेटिएका मोतिविन्दुको बिरामीको लुभु आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिएको हो ।

आँखा शिविरमा २१५ जनाले आँखा परीक्षण गराएको बताउँदै सिरुटार स्वास्थ्य चौकी व्यबस्थापन समितिका उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले शिविरमा सहभागि आँखाका विरामीलाई निःशुल्क चस्मा र औषधि वितरण गरिएको बताए ।

कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सदस्य शशीजंग थापाले शरीरको महत्वपूर्ण अंग भएपनि आँखाको बेवास्ता गर्ने गरिएको बताउँदै संसार देख्ने आँखाको नियमित परीक्षण गर्नुपर्ने औल्याए ।

वडा नं १ का वडाअध्यक्ष सानुकाजी कायस्थ, ऋद्धिसिद्धि सहकारीको अध्यक्ष धु्रवराज विष्ट, नेत्रज्योति संघका डा विनिता शर्मा लगायतले आँखा शिविरको महत्वमाथि प्रकाश पारेका थिए ।

प्रकाशित मितिः २०७५ माघ २३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *