केसीको आमरण अनसनको औचित्य समाप्त : सरकार
काठमाडौं । सरकारले २२ दिनदेखि अनसनरत केसीको आमरण अनसनको औचित्य समाप्त भएको बताएको छ। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रतिनिधि र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएसँगै डा। केसीको अनसनको औचित्य समाप्त भएका बताए।
प्रवक्ता बास्कोटाले भने,‘ डा केसीका भावना समेटेरै चिकित्सा विधेयक पारित भएको छ। अब विधेयक नै पारित भइसकेपछि उहाँको अनसनको पतिन औचित्य सकिएको छ।’ उनले डा। केसीकै माग अनुसार विधेयक संसदीय प्रक्रियाबाट पारित भएको दाबी पनि गरे। ‘अनसनकारी भनेर जसलाई बहुप्रचारित गरिएको छ। उनको मुख्य माग सदनले सम्बोधन गरिसकेको छ,’ प्रवक्ता बाँस्कोटाले भने।
उनले प्रतिपक्षी दल कांग्रेसले सत्ता गुमाउनु परेको पीडामा डा। केसीलाई उचालेको पनि आरोप लगाए। ‘डा केसीलाई जसले बोकेको छ। उसैले अवतरण गरोस्,’सरकारका प्रवक्ता बाँस्कोटाले भने। डा केसी आफूसँग भएका सहमति विपरित चिकित्सा शिक्षा विधेयक ल्याइएको भन्दै २२ दिनदेखि अनसनमा छन्।
प्रकाशित मितिः २०७५ माघ १७ बिहिबार