घट्यो शेयर बजार

भक्तपुर न्यूज

१५ माघ २०७५ १२:३३

घट्यो शेयर बजार

काठमाडौँ। धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३८.९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ विन्दुले घटेर २४६.४७ विन्दुमा झरेको छ ।

स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर रु ३० करोड आठ लाख १४ हजार ३८७ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ ।

बैंकिङ ३।१७, होटल १।६९, विकास बैंक ३.०७, जलविद्युत् १३।८५, निर्जीवन बीमा ६०.२३, लघुवित्त ६.१२ र जीवन बीमा १६।७५ विन्दुले घटेका छन् । यस्तै वित्त १.२८, उत्पादन ६.६ र अन्य उपसमूह १.२९ विन्दुले बढेका छन् ।

स्टकका अनुसार घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पाँच प्रतिशत बढी आम्दानी गरेका छन् । यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, महिला सामुदायिक लघुवित्त वित्तीय संस्था, गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि कमाएका छन् ।

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले भने आज सबैभन्दा बढी आठ प्रतिशतले गुमाएका छन् । मिथिला लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कन्काई विकास बैंकका लगानीकर्ताले चार प्रतिशत बढी गुमाएका छन् । त्यस्तै ललितपुर फाइनान्स, नागबेली लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, ङादी ग्रुपका लगानीकर्ताले तीन प्रतिशत बढी गुमाएका छन् ।
प्रकाशित मितिः २०७५ माघ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय