काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज आइतबार सुन २ सय र चाँदी १० रुपैयाँले घटेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ६० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७५ माघ ६ आइतबार
Comments