आगलागी हुँदा चार घर जलेर नष्ट
सर्लाही । सर्लाहीको बलरा ८ मा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्। आगलागीबाट मानविय क्षति नभए पनि करिब १८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
बलरा–८ का ईशा महमदको घरबाट सुरु भएको आगोले स्थानीय मजुर लहेरी, जाजुल लहेरी, अकबर लहेरी र सलिम लहेरीको घर जलेर नष्ट भएको सर्लाही प्रहरीले जनाएको छ। आगलागीबाट पोल्ट्री फर्म, खाद्यान्न, लत्ताकपडा जलेका छन्।
प्रकाशित मितिः २०७५ माघ ६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
