डा. केसीको अवस्था कमजोर

भक्तपुर न्यूज

२९ पुष २०७५ १४:१९

डा. केसीको अवस्था कमजोर

इलाम । स्वास्थ्य शिक्षा सुधार लगायतका ६ वटा माग राखी गत बुधबारदेखि अनशनरत डा गोविन्द केसीको अवस्था कमजोर बन्दै गएको छ। केसीको नसा नभेटिँदा रगत तथा पिसाब परीक्षण गर्न नसकिएको उनका सहयोगी डा रामकृष्ण आचार्यले जानकारी दिए।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा केसीको यो १६ औँ अनशन हो। गत बुधबारदेखि इलाम नगरपालिकाको फूलगाछीमा उनी अनशन बसेका हुन्। यसअघि भएको सम्झौता विपरीत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि उनले त्यसलाई अनसनको मूल मुद्दा बनाएका छन्।
थियो।

प्रकाशित मितिः २०७५ पुष २९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *