काठमाडौं । सन् २०१८ को रसिया विश्वकपमा उत्कृष्ट गोलको अवार्ड जितेका बेन्जामिन पाभार्डलाई बायर्न म्यूनिखले भित्र्याउने भएको छ । फ्रान्सका पाभार्डलाई जर्मनको क्लब बायर्नले भित्र्याउने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
खबरका अनुसार बायर्नले पाभार्डलाई भित्र्याउनका लागि अन्तिम प्रक्रिया मात्र पूरा गराउन मात्र बाँकी छ । २२ वर्षीय यी खेलाडीलाई जर्मन क्लब स्टुटगार्टबाट ल्याउन लागिएको जनाइएको छ ।
बीबीसीका अनुसार म्यूनिखले पावार्डसँग ५ वर्षको सम्झौता गर्दैछ । बुन्डेशलिगाको दोस्रो स्थानमा झरेको बायर्न सो डिफेन्डरलाई ल्याउन पाउँदा ज्यादै खुसी भएको म्यूनिखका प्रशिक्षकले बताएका छन् ।
प्रकाशित मितिः २०७५ पुष २६ बिहिबार
Comments