हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित

भक्तपुर न्यूज

१९ पुष २०७५ ३:५०

हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित

काठमाडौं । चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ ।

हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार १०० जना बस्ने गरेकोमा झण्डै तीन हजार ९०० जनालाई अन्यन्त्र स्थानान्तरण गराइएको छ । प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका स्थानीय अधिकारीहरूले झण्डै ३८ हजार जनालाई अहिले पनि आधारभूत सेवा सुविधाको आवश्यकता रहेको जनाएका छन् ।

हिमपातले झण्डै ५४ हजार २८० हेक्टर क्षेत्रमा लगाइएको बालीलाई पनि नोक्सान गरेको छ । यस्ले त्यस क्षेत्रको आर्थिक पक्षलाई समेत नराम्रो असर पार्ने अधिकारीहरूको भनाइ छ । एजेन्सी

प्रकाशित मितिः २०७५ पुष १९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय