जनवरी १ तारिखका दिन विश्वभर ४ लाख बच्चाको जन्म

भक्तपुर न्यूज

१८ पुष २०७५ ५:३३

जनवरी १ तारिखका दिन विश्वभर ४ लाख बच्चाको जन्म

काठमाडौं । संयुक्त राष्ट्र संघ बाल कोष यूनिसेफले नयाँ बर्ष सन २०१९ को जनवरी १ तारिखका दिन विश्वभर ३ लाख ९५ हजार ७२ बच्चाको जन्म भएको जनाएको छ। यूनिसेफका अनुसार विश्वभर जन्मिएका बच्चाको संख्याको आधा हिस्सा ठूला सात वटा देशले ओगटेको छ।

सबैभन्दा धेरै जनसंख्या भएको चीनमा ४४ हजार ९ सय ४० बच्चाको जन्म भएको छ। यसैगरी नाइजेरियामा २५ हजार ६८५, पाकिस्तानमा १५ हजार १ सय १२, इन्डोनेशियामा १३ हजार २ सय ५६, अमेरिकामा ११ हजार ८६, कंगोमा १० हजार ५२ र बंगलादेशमा ८ हजार ४ सय २८ बच्चाको जन्म भएको पनि युनिसेफले अनुमान गरेको छ।

सन् २०१७ मा १० लाख बच्चाको जन्म भएकै दिन मृत्यु भएको तथ्यांक युनिसेफले जारी गरेको छ। यसैगरी करिब २५ लाख बालबालिकाको मृत्यु जन्म भएको दिन देखि १ महिनाको बीचमा भएको थियो। त्यसमा अधिकांश समय अगावै जन्मिएका बालबालिका छन्। एजेन्सी

प्रकाशित मितिः २०७५ पुष १८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *