गोकर्णेश्वरको भगवती धागो कारखानामा आगलागी
काठमाडौँ। काठमाडौंको गोकर्णेश्वरमा रहेको भगवती धागो कारखानामा शनिबार आगलागी भएको छ । गोकर्णेश्वर नगरपालिका ४ उत्तरबाहिनीमा रहेको कारखानामा बिहान ४ बजे आगलागी हुँदा करिब दुई करोड रुपैयाँका सामग्री जलेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
झण्डै साढे ३ घण्टापछि आगो पूर्णरूपमा नियन्त्रणमा आएको वृत्तले जनाएको छ । आगो निभाउन नेपाली सेनाका तीनवटा, काठमाडौं महानगरपालिकाको दुई, ललितपुर महानगर र ठिमी नगरपालिकाको एक एक वटा गरी सात वटा दमकल प्रयोग गरिएको थियो ।
त्यसका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा पनि आगो निभाउन खटिएका थिए । कारखानामा रहेको मेशिन सर्ट भएर आगो लागेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मितिः २०७५ पुष १४ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
