काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलको अपराजित यात्रा कायम रहेको छ। गएराती भएको खेलमा न्युक्यासल युनाइटेडलाई ४.० गोल अन्तरले पराजित गर्दै लिभरपुलले लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको हो,लिभरपुलको जितमा मोहमद सलाह, डेजान लोभरेन, फाबिन्हो र जेरडन शाकिरीले एक एक गोल गरेका थिए। यसै गरी लिभरपुलका म्यानेजर जेरगन क्लपले लिभरपुलको म्यानेजरको रुपमा आफ्नो सयौ जित हासिल गरेका छन् क्लपले १८१ खेलमा सय जित हासिल गरेका हुन्।
प्रिमियर लिगको आधा सिजन सकिदा अपराजित हुने लिभरपुल अहिलेसम्मको चौथो टिम बनेको छ। यस अघि २००३ , ४ मा आर्सनल, २०१०, ११ मा म्यानचेस्टर युनाइटेड र २०१७, १८ मा म्यानचेस्टर सिटी आधा सिजन सकिदा अपराजित रहेका थिए।
जितपछि लिभरपुलको १९ खेलमा ५१ अंक भएको छ भने दोस्रो स्थानमा रहेको टोटनह्याम भन्दा ६ अंकले अगाडी रहेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ७ अंकले अगाडी रहेको छ।
प्रकाशित मितिः २०७५ पुष १२ बिहिबार
Comments