‘मुसा’ आएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

भक्तपुर न्यूज

११ पुष २०७५ ८:०६

‘मुसा’ आएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

भक्तपुर । मानिस शरीरका विभिन्न भागमा ‘मुसा’ आएर हैरान भएका हुन्छन् । त्यसलाई रोक्न वा हटाउन नसक्दा उनीहरूको सुन्दरतामै असर परिरहेको हुन्छ । विभिन्न औषधि गर्दा पनि यसबाट छुटकारा पाउन नसक्दा मानिसलाई तनाव भइरहेको हुन्छ ।

प्रायः हात र खुट्टामा बढी देखिने मुसालाई कसरी रोक्ने रु यसबारे केही भ्रम पनि रहेको पाइन्छ । यसबारे केही जानकारी यहाँ दिइएको छ ।

–शरीरमा भएको मुसाबाट रगत आएमा, मुसा भएको ठाउँ चिलायो, दुख्यो भने चिकित्सककहाँ जानुपर्छ । यस्तो लक्षणले क्यान्सरसमेत हुन सक्छ ।

– अझ कतिपय मासिनले घरमै वा पार्लर पुगेर मुसा हटाउने गर्छन् । जुन गलत हो । यसो गर्दा अन्य संक्रमण बढ्ने खतरा उच्च हुन्छ ।

– मुसाले अनावश्यक दुःख दिएको छैन भने त्यसलाई चलाउनु वा हटाउनु पर्दैन । यदि मुसा दिनप्रतिदिन बढ्दै गएमा चिकित्सकबाट लेजरको प्रयोग गरी हटाउनुपर्छ । यो सबैभन्दा सुरक्षित उपाय हो ।

– मुसा छालाको सतहभन्दा अलि माथि उठेका हुन्छन् । मुसा गोलो, च्याप्टो, केही चिल्लो, मुलायम र चेप्टो खालका हुन्छन् । कुनै मुसा छुँदा दुख्छ भने कुनै नदुख्ने प्रकृतिका हुन्छन् । यो कुरा बुझ्नु आवश्यक हुन्छ ।

– घरायासी रूपमा ब्लेट वा अन्य हतियारले मुसा काटेर वा मासु ताछेर फाल्ने काम अत्यन्तै जोखिमपूर्ण हुन्छ । यसले क्यान्सर निम्त्याउन सक्छ ।

प्रकाशित मितिः २०७५ पुष ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *