भोकले ल्याउने समस्या यस्ता छन्

भक्तपुर न्यूज

८ पुष २०७५ ५:४१

भोकले ल्याउने समस्या यस्ता छन्

काठमाडौं । मानिसको शरीरलाई काम गर्नको लागी कोषहरुलाई उर्जाको आवश्यकता पर्छ । यदि कोषिकाहरुमा उर्जा कम भयो भने मानिसलाई भोक लाग्ने गर्छ । भोक मेटाउनको लागी मानिसहरु खाना खाने गर्छन । मानिस भोक मेटाउनको लागी नै परिश्रम गर्ने गर्छन् । तर धेरै मानिसमा भोक लागीरहने समस्या पनि हुने गर्छ । भोक के कारणले गर्दा लाग्छ भन्ने कुरा राम्रोसंग जान्नुपर्छ । शरीरमा विभिन्न खालका समस्या आउँदा पनि मान्सिलाई भोक लाग्ने गर्छ ।

भोकले ल्याउने समस्या यस्ता छन् ?

१, यदी तपाइलाई हरेक पटक भोक लाग्दा एकै किसिमको परिकार खान मनलाग्छ भने तपाईको शरीरमा पोषणतत्वको कमी भएको हुनसक्छ ।

२, यदी तपाइलाई एकदमै भोक लाग्छ र भोकको साथै टाउको दुख्न थाल्छ भने त्यो माइग्रेनको पहिलो संकेत हुनसक्छ । यस परिस्थितिमा मानिसलाई चकलेट खान मन लाग्छ ।

३, यदी तपाइलाई भोकको सट्टा ज्यादा प्यास लाग्छ भने रगतमा चिनीको गडबडीका कारण पनि हुनसक्छ । यस्तो समस्या भएमा बारम्बार पिसाब लाग्न सक्छ ।

४, बारम्बार चिप्स खान मनलाग्नु वा तारेको खानेकुरा खान मनलाग्नु डिहाईड्रेसनको लक्षण हुनसक्छ । शरीरमा खनिज पदार्थ तथा इलेक्ट्रोलाइटको सन्तुलन विग्रदा यो स्थिति आउने गर्छ । यसले गर्दा निद्रा पनि पूरा लाग्दैन ।

५, गर्मी होस् वा जाडो, जुनसुकै मौसममा पनि वरफ वा आइसक्रिम खान मनपर्छ भने शरीरमा आइरनको कमी भएको हुनसक्छ ।

प्रकाशित मितिः २०७५ पुष ८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *