संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

भक्तपुर न्यूज

३ पुष २०७५ ५:३५

संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन भएका छन् ।

सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन् । । नेकपा कर्णाली प्रदेश सह इञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद आचार्यसहित बसेको बैठकले शाहीलाई संसदीय दलको नेतामा चयन गरेको प्रदेशसभा सदस्य धर्म रेग्मीले जानकारी दिए ।

यसअघि नेकपा एमालेको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य यामलाल कँडेल र नेकपा माओवादी केन्द्र को संसदीय दलको नेतामा मुख्यमन्त्री शाही थिए । पार्टी एकीकरणपछि लामो समय संसदीय दलको नेताविहीन नेकपा कर्णाली प्रदेशले निरन्तरको छलफल र बैठकपछि वैधानिक रुपमा पुस २ गतेदेखि संसदीय दलको नेता पाएको छ ।

प्रकाशित मितिः २०७५ पुष ३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय