मिनी ट्रक दुर्घटना हुँदा १६ को मृत्यु
काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा शुक्रबार साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो ३९१३ नम्बरको ट्रक साँझ ६ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। गाडीमा ४० जना यात्रु रहेको बताइएको छ ।
दुर्घटनामा परि मृत्यु भएकाहरूको सनाखत हुन सकेको छैन ।गाडी भीरबाट करीब ४०० मिटर तल खसेको दुप्चेश्वर गाउँपालिकाका प्रशासकीय अधिकृत रामहरि गजुरेलले जानकारी दिए ।
प्रकाशित मितिः २०७५ मंसिर २८ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
