जिब्रो सफा गर्ने तरिकाहरु

भक्तपुर न्यूज

५ मंसिर २०७५ ८:५२

जिब्रो सफा गर्ने तरिकाहरु

भक्तपुर । शरीरको अरु अंगहरु जस्तै जिब्रो पनि हाम्रो शरीरको निकै महत्वपूर्ण अंग हो । यसले खानाको स्वाद थाहा पाउन मद्धत गर्छ । त्यसका साथै यसले हामीलाई बोल्न पनि मद्धत गर्छ । त्यसैले हामीले हाम्रो जिब्रोको हेरचाहा राम्रोसँग गर्नुपर्छ । जिब्रोको सफा राम्रोसँग भएन भने हाम्रो शरीर भित्र जिब्रोको माध्यमबाट विभिन्न ब्याक्टेरियाहरु प्रवेश गर्छन् । जसले हाम्रो स्वास्थ्यमा विभिन्न खालका समस्याहरु ल्याउने गर्छन् । जिब्रो सफा नहुँदा मुख र सास गनाउने समस्या पनि आउँछ । धेरै मानिसलाई जिब्रो सफा कसरी गर्ने भन्ने कुराको जानकारी हुदैन ।

जिब्रो सफा गर्ने तरिकाहरु यस प्रकार छन्

१, तातो पानी र नुन , जिब्रोमा फोहोर जमेका कारण कतिपय अवस्थामा डिहाइड्रेसनको समस्या पनि हुन सक्छ । यदि तातो पानी र नुनले जिब्रोको नियमित सफाई गर्ने हो भने यो समस्या नआउन सक्छ । आधा गिलास पानीमा आधा चम्चा नुन राखेर दिनमा ५–६ पटक कुल्ला गर्ने हो भने सफा हुन्छ । यो कार्य खाना खाएपछि गर्न चिकित्सकहरुको सुझाव छ ।

२, दही सेवन , दहीमा प्रो–बायोटिक तत्व हुन्छ । जसले जिब्रोमा जम्ने फोहोर, सेतो पत्र र दुर्गन्धलाई नष्ट गरिदिन्छ । टुथब्रस दाँत माझ्ने ब्रसले पनि जिब्रो सफा गर्न सकिन्छ । बजारमा पाइने कतिपय ब्रसमा जिब्रो सफा गर्ने भाग पनि हुन्छ । ब्रसको पछिल्लो भागमा भएको सो भागले जिब्रोलाई हल्कासँग सफागर्न सकिन्छ ।

३, नुन, जिब्रोमा हल्लकासँग नुन छर्केर ब्रशको सहायताले केही मिनेट रगड्दा पनि जिब्रो सफा हुन्छ । यसरी रगडेर मनतातो पानीले कुल्ला गर्ने हो भने पनि जिब्रो सफा हुन्छ ।

४, बेसार , हुन त बेसार खानामा प्रयोग गर्ने चलन छ । तर यसको प्रयोग जिब्रो सफा गर्दा पनि प्रयोग गर्न सकिन्छ । बेसारमा कागतीको रस मिसाएर जिब्रोमा लगाउने र मनतातो पानीले कुल्ला गर्ने हो भने केही समयमै जिब्रो सफा हुन्छ ।

जिब्रो सफा गर्ने समान बजारमा पनि पाइन्छ । बजारमा पाइने माउथवाशले पनि मुख र जिब्रोको सफाई गर्न सकिन्छ । नियमित रुपमा माउथवाशको प्रयोग गरे जिब्रो सफा हुन्छ र विभिन्न रोगहरुबाट बच्न सकिन्छ ।

प्रकाशित मितिः २०७५ मंसिर ५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *