गगन थापाले मागे गृहमन्त्री बादलको राजीनामा
कञ्चनपुर । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले गृहमन्त्रीले राजीनामा नदिएसम्म निर्मला पन्तको अपराधी पत्ता नलाग्ने बताएका छन् । बुधबार निर्मला पन्तको न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका परिवारसँग ऐक्यबद्धता जनाउन कञ्चनपुर पुगेका कांग्रेस नेता थापाले कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा बादल अपराधीलाई संरक्षण गर्न लागेको बताउँदै गृहमन्त्रीले राजीनामा नदिएसम्म अपराधी पत्ता नलाग्ने बताएका हुन् ।
‘यतिबेला गृहमन्त्री बादल कालो बादलका रुपमा रहनु भएको छ’, नेता थापाले भने, ‘त्यसैले कालो बादल हटेर पानी नपरेसम्म फोहर पखालिँदैन ।’ अपराधिलाई संरक्षण गर्ने नियत र अपरािध पक्ता लगाउने क्षमताको अभावल गृहमन्त्रीले राजीनामा नदिएसम्म निर्मलाको अपराधि पक्ता नलाग्ने जिकिर समेत गरे ।
नेता थापाले अपराधी पक्ता लगाउन सिंगो देश लागिरहेका बेलामा अपराधीले नै जित्नु विडम्बना भएको बताउँदै यसमा एक दुई जना अपराधिका कारण नेपाली जनताले नै हारेको बताए ।
‘यतिबेला गृहमन्त्रीले मात्रै हारेका छैनन् । हामी सबैले हारेका छौ’, नेता थापाले भने, ‘एक दुईजना अपराधीले जित्नु भनेको सिंगो देश र सारा नेपालीले हार्नु हो ।’ उता, धर्नामा बसेका परिवारसँग ऐक्यबद्धता जनाउँदै थापाले निर्मलाको घटनामा अपराधी पत्ता लगाउनका लागि कुनै व्यक्ति विशेष र दलले मात्रै नभएर सबै लाग्नु पर्ने बताएका छन् ।
प्रकाशित मितिः २०७५ मंसिर ५ बुधबार
