रायोको साग स्वास्थ्यका लागि निकै फाइदाजन

भक्तपुर न्यूज

२५ कार्तिक २०७५ ६:१४

रायोको साग स्वास्थ्यका लागि निकै फाइदाजन

भक्तपुर । हामीले दैनिक जीवनमा तरकारीका रूपमा भान्सामा प्रयोग गरिने हरियो तरकारी रायोको साग स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । सामान्यतः हरिया सागपात स्वास्थ्यका लागि फाइदाजनक हुने भए पनि रायोको सागको भने फाइदा विशेष नै छन् । यहाँ यसबारे चर्चा गरिएको छ

– रायोको सागबाट भिटामिन के, ए, सी, ई, बी–वान, बी–टु, बी–थ्री पाइनछ ।

– यो साग प्रोटिन, म्याग्नेसियम, आइरन, फस्फोरसलगायतका पोषण तत्त्वले पनि भरिएको हुन्छ ।

– त्यस्तै, रायोको साग फाइबर स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण हुन्छ, यो रायोको सागबाट प्राप्त गर्न सकिन्छ ।

– रायोको सागलाई मस्टर्ड ग्रीन्सको नामले पनि चिनिन्छ । यो विश्वमै बढी स्वस्थकर तरकारीमा पर्छ । यो विश्वमा उपलब्ध तरकारीमध्ये दोस्रो बढी पोषणयुक्तमा पर्छ ।

– रायोको सागले शरीरलाई पूर्ण रूपमा स्वस्थ राख्न सघाउँछ । यसलाई पकाएर, काँचै सलादका रूपमा र सिजिनिङ गरेर पनि खान सकिन्छ ।

प्रकाशित मितिः २०७५ कार्तिक २५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *