काठमाडौं । ओस्कार अवार्ड विजेता प्रख्यात संगीतकार ए आर रहमानले आफूले कुनैबेला आत्महत्या गर्न खोजेको बताए । एउटा अन्तर्वार्तामा रहमानले २५ वर्षको उमेरसम्म आफू निकै निराशावादी भएको बताएका हुन ।
बुवाको मृत्युपछि निकै घटनाहरु घटिरहने र सधैंजसो मर्न चाहेको उनले बताए । तर यही आत्महत्या गर्ने विचारले नै आफूलाई झन निडर बनाएको उनले बनाए । मैले मृत्यु साश्वत सत्य हो र शरीरले मर्नु नै छ भने कुनै कुरासँग किन डराउने भन्ने सोचेर संघर्ष गर्न शुरु गरेको उनले खुलासा गरे ।
“ब्वाको मृत्युपछि मानिसहरुले मलाई अब कसरी गुजारा चलाउँछस् भन्थे” उनले भने, “जताबाट पनि निराशा देखेपछि मभित्र आत्महत्या गर्ने सोच आउँथ्यो । बलिउड संगीतको परम्परागत धारलाई ब्रेक गरेको क्रेडिट पाएका रहमानको जीवनमा यही संघर्षले परिवर्तन पनि ल्यायो । उनले आफ्नै घरको पछाडि पन्चथन रेकर्ड स्थापना गरे ।
बुवाको मृत्युपछि उनलाई केही सामान्य काम नपाइएको होइन । उनले ३५ वटा फिल्ममा काम पाएपछ २ वटामा मात्रै काम गरे । यसरी काम छोडेको देखेपछि मानिसहरुले उनलाई कसरी बाँच्छस भन्न थालेका थिए । सबै कुरा हुँदाहुँदै पनि किन लय पक्रिन सक्दैनस भनेर मानिसहरुले भन्ने गरेको उनले बताए ।
रहमानका बुवा आर के शेखको मुत्यु हुँदा उनी ९ वर्षका थिए । यसपछि निकै कम उमेरमा नै उनले संगीत सिके । मणिरत्नमको रोजाबाट भने उनले नयाँपन दिए बलिउड संगीतमा । यही बीचमा उनले दिलिप कुमारबाट एआर रहमान नाम परिवर्तन गरे । धर्म परिवर्तन गरे ।
एआर रहमानको बायोग्राफी– नोटस अफ ए ड्रीमः द अथोराइज्ड बायोग्राफी शनिबार सार्वजनिक भएको छ । एजेन्सी
काशित मितिः २०७५ कार्तिक १९ सोमबार
Comments