सोसिडाडसँग बराबरी खेल्दै सेभिल्ला दोस्रो स्थानमा उक्लियो

भक्तपुर न्यूज

१९ कार्तिक २०७५ ४:११

सोसिडाडसँग बराबरी खेल्दै सेभिल्ला दोस्रो स्थानमा उक्लियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभिल्ला लिगको ११औं हप्ताको खेलमा बराबरीमा रोकिएको छ । गत राति रियल सोसिडाडको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

यो बराबरीपछि सेभिल्ला ११ खेलपछि २० अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । उसले समान २० अंक भए पनि एथ्लेटिको मड्रिड र अलाभेसलाई गोलअन्तरमा उछिन्दै दोस्रो स्थान लिएको हो ।

अहिले अंक तालिकामा बार्सिलोना ११ खेलपछि २४ अंकसहित शीर्ष स्थानमा रहँदा सेभिल्ला २० अंकसहित दोस्रो स्थानमा छ । २० अंक नै भएको एथ्लेटिको र अलाभेस क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

गत राति नै भएका अन्य खेलमा भिल्लारियल र लेभान्टेले १–१ को बराबरी खेले । अर्को खेलमा हुएस्का र गेटाफे पनि १–१ को बराबरीमा रोकिँदा अर्को खेलमा रियल बेटिस र सेल्टा भिगो पनि ३–३ को बराबरीमा रोकिए

प्रकाशित मितिः २०७५ कार्तिक १९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय