आँखाको दृस्टी बढाउन यस्ता उपायहरु अपनाउनुहोस

भक्तपुर न्यूज

१९ कार्तिक २०७५ ३:३१

आँखाको दृस्टी बढाउन यस्ता उपायहरु अपनाउनुहोस

भक्तपुर । आँखा हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो । यसले हामीलाई बाहिरी वस्तु देखाउने काम गर्छ । उमेर बढ्दै जाँदा मानिसको आँखाको दृस्टी कम्जोर हुँदै जान्छ । तर हिजो आज उमेर नै नपुगी मानिसको आँखाको दृस्टी कम्जोर हुने गर्छ । यो सबै आधुनिक उपकरणहरुको बढी प्रयोगको कारण हो । आखाको दृस्टी कम्जोर हुन नदिनको लागी हामीले धेरै कुराहरुमा ध्यान दिनुपर्छ ।

आँखाको दृस्टी बढाउन यस्ता उपायहरु अपनाउनुहोस

१, खासमा कुनै मांसपेशी प्रयोग गरिएन भने त्यो कमजोर हुँदै जान्छ । त्यसैले आँखाको मांसपेशीलाई पनि व्यायामको मौका दिनुपर्छ ।

२, आँखालाई लगातार काममा दिनभरि लगाइरहनु हुँदैन । प्रत्येक दुई घन्टामा केही मिनेटका लागि आँखा बन्द गर्नुस् ।
माथि दिइएको चित्र अनुसारको अभ्यास क्रमैसँग गर्नुस् ।

३, चश्मा लगाउनुहुन्छ भने लगाउने समय घटाउनुस् । चश्माले हाम्रो आँखाको प्रयासलाई प्रायः घटाउँछ । त्यसैले दृष्टि बढाउनका लागि सकेसम्म चश्मा खोल्नुस् ।

४, गाजरको जुस दिनदिनै सम्भव भएसम्म पिउनुस् । थप फाइदाका लागि तपाईंले जुसमा जैतूनको तेल पनि हाले हुन्छ । यसो गर्दा गाजरका पोषक तत्त्व तपाईंले सोस्न सक्नुहुुन्छ ।

५, खुल्ला हावामा हिँड्दा टाढातिर दृष्टि फ्याँक्नुस् । आफ्नो खुट्टामा हेर्नुभन्दा परका कुरा हेर्नु ठीक हुन्छ ।

६, आँखालाई मनतातो पानीले धुनुस् । यसो गर्दा आँखाको थकाइ मेटिन्छ र तपाईं ताजा महसूस गर्नुहुन्छ ।

७, ल्यापटप वा टिभीमा घन्टौं नझुण्डिनुस् । राति सुत्नुअघि स्मार्टफोन नहेर्नुस् अनि राति निद्रा खुल्यो भने स्मार्टफोन हेर्न नथाल्नुस् ।

८, त्राटक गर्न थाल्नुस् । तर १२ देखि १५ मिनेटभन्दा बढी नगर्नुस् ।

प्रकाशित मितिः २०७५ कार्तिक १९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *