सुदूरपश्चिममा ३ महिनामा सवारी दुर्घटनाबाट २५ को मृत्यु

भक्तपुर न्यूज

५ कार्तिक २०७५ ८:०२

सुदूरपश्चिममा ३ महिनामा सवारी दुर्घटनाबाट २५ को मृत्यु

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा तीन महिनामा सवारी दुर्घटनाबाट २५ जनाले ज्यान गुमाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५÷७६ को तीन महिनामा २१ वटा सवारी दुर्घटनाबाट २५ जनाले ज्यान गुमाएका हुन् ।

सडकको अवस्था दयनीय हुनु, ट्राफिक नियमप्रति सचेतता नअपनाउनु लगायतका कारणले दुर्घटना बढेको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका अनुसार, साउन महिनामा ४ वटा सवारी दुर्घटनामा परी ३ जनाले,
भदौ महिनामा १४ वटा सवारी दुर्घटनामा ७ जनाले र असोज महिनामा ११ वटा सवारी दुर्घटनाबाट १५ जनाले ज्यान गुमाएका हुन् ।

आर्थिक वर्ष ७२र७३ मा १ सय ५५ सवारी दुर्घटनाबाट १ सय २१ जना, आ.व. ७३र७४ मा १ सय ८४ सवारी दुर्घटनाबाट १ सय ३२ जना तथा आ.व. ७४र७५ मा १ सय ६४ सवारी दुर्घटनाबाट १ सय ६६ जनाले ज्यान गुमाएको सुदुरपश्चिम प्रदेश ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मितिः २०७५ कार्तिक ५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय