डकार आउनुका केही कारणहरु

भक्तपुर न्यूज

२० असोज २०७५ ४:४६

डकार आउनुका केही कारणहरु

भक्तपुर । हामीले ख्याल गरेका छौँ होला धेरै मानिसलाई खाना खाएपछि डकार आउने गर्छ । डकार आउनुलाई हामी सामान्य रुपमा लिन्छौं । डकार आउनुलाई हामी अगाएको संकेतको रुपमा लिने गर्छौं । तर हामीलाई डकार विभिन्न कारणहरुले गर्दा आउने गर्छ । डकार हाम्रो पाचनको मात्र नाबहेरा अन्य कारणले गर्दा पनी आउन सकेको हुन्छ ।

डकार आउनुका केही कारणहरु यस्ता छन्

१, तारेको, भुटेको परिकार, चिसो पेय पदार्थ, फुलगोभी, गेडागुडीलगायतका खानेकुरा बढी खाँदा पेटमा ग्यासभरिन्छ , जसले गर्दा हामीलाई बारम्बार डकार आउनसक्छ ।

२, यदि तपाईलाई कब्जियतको समस्याले सताईरहेको छ भने पनि डकारको समस्या आउन सक्छ । डकारको रोकथाम गर्नुपूर्व कब्जियत हटाउनु जरुरी छ ।

३, अपच पनि डकार आउने विभिन्न कारणमध्ये एक हो । कहिलेकाही खाएको खाना राम्रोसित नपचेको खण्डमा अपचको समस्या निम्तने गर्दछ, जसले गर्दा बारबार डकार आउँछ ।

४, खाना खाँदा कुरा गर्ने, चुइगम चपाउने, पानी खादाँ बोतलबट पानी पिउने लगायतका हाम्रा सामान्य बानीले पनि पेटमा ग्यासको समस्या निम्त्याउने गर्दछ, जसलाई ‘एरोफेस’ भन्ने गरिन्छ ।

५, ग्यासका कारण पेटको पाचनतन्त्रमा गडबडी आउँछ, त्यतिबेला एच पायलोरी नामक बैक्टेरियाका कारण पेप्टिक अल्सरको समस्या पैदा हुन्छ, जुन डकारका साथै पेट दुखाईको कारण बन्न सक्छ ।

प्रकाशित मितिः २०७५ असोज २० शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *