स्वास्थ्यको लागी तातो पानी निकै लाभदायक

भक्तपुर न्यूज

१९ असोज २०७५ ४:४४

स्वास्थ्यको लागी तातो पानी निकै  लाभदायक

भक्तपुर । हाम्रो लागी पानी अति आवश्यक तत्व हो । हामीले हाम्रो शरीरमा पानीको कमी हुन दिनु हुदैन । प्राय जसो हामी पानी चिसो वा साधारण पिउने गर्छौं । हामी तातो पानी कम नै पिउने गर्छौं । हाम्रो स्वास्थ्यको लागी तातो पानी निकै नै लाभदायक हुने एक अध्ययनले देखाएको छ । पानी तताएर खान अल्छी लाग्ने भएकाले हामी पानी नतताइ पिउने गर्छौं । यदि तपाईलाई यसले पुर्याउने फाइदा बारेमा थाहा भयो भने पानी तताउन अल्छी गर्नु हुन्न ।

तातो पानीले पुर्याउने फाइदाहरु यस्ता छन्

१, तातोपानीले नुहाउँदा छाला सम्बन्धि विभिन्न खालका समस्याहरु हराएर जान्छ ।

२, तातोपानीमा गुलाब पानी मिसाएर विस्तारै आफ्नो शरीरमा लगायौं भने हाम्रो शरीरमा भएको दुखाईलाई समेत अन्त्य गरिदिन्छ ।

३, यदि तपाईं निकै मेहनत गर्नुहुन्छ र थकाई महशुष गर्नुहुन्छ भने, हल्कापन महशुस गर्नका लागि थकान घटाउनकालागि तातोपानी निकै लाभदायक हुन्छ ।

४, सधैं मनतातो पानीको प्रयोग गर्नाले हाम्रो शरीर सधैं फ्रेस देखिन्छ ।

५, तातोपानी पिउनाले वजन कम गर्न पनि निकै ठूलो भूमिका निर्वाह गर्छ ।

६। यसले रक्त सञ्चार ठिक तरिकाले गराउने काम समेत गर्छ ।

७, मनतातोपानीमा कागती र मह मिसाएर पिउने गरेमा तपाईंको रोग प्रतिरोधक क्षमता निकै बढ्ने गर्छ ।

८, चिसो पानीलाई मृगौलाको लागि निकै हानिकारक मानिन्छ, मृगौलालाई राम्रो बनाउनको लागि हरेक दिन विहान र बेलुका एकएक पटक मनतातोपानी पिउनु उचित हुन्छ । यसले शरीरमा हुने दुर्गन्धलाई पनि हटाइदिन्छ ।

९, मनतातो पानी हाड जोर्नीको दुखाई कम गर्न उपयुक्त हुन्छ । मनतातो पानी जोर्नीहरुबीचको घर्षण कम गर्न सहयोगी मानिन्छ । भविष्यमा हुने जोर्नी सम्बन्धी रोगलाई कम गर्ने जनाइएको छ । चिसो पानी भन्दा निकै गुण बढी फाइदा जनक तातोपानी हुने गरेको छ ।

प्रकाशित मितिः २०७५ असोज १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *