एलोभेराले पुर्याउने फाइदाहरु
भक्तपुर र एलोभेरालाई हामी एउटा प्राकृतिक औषधी भनेर चिन्ने गर्छौं । यसलाई आयुर्वेदमा विभिन्न खालको औषधीहरु बनाउनको लागी प्रयोग गर्ने गरिन्छ । खास गरी यसले मानिसको सुन्दरता बढाउन धेरै मद्धत गर्छ । त्यसैले यसको प्रयोग धेरै नै गर्ने गरिन्छ । धेरै मान्सिलाई अजै पनि यसको महत्व के छ भन्ने कुरा थाहा छैन । यसलाई हामीले राम्रोसंग प्रयोग गर्न जान्यौं भने हामीले सुन्दरताको लागी अनावश्यक खर्च गरिरहनु पर्दैन ।
एलोभेराले पुर्याउने फाइदाहरु यस्ता छन्
१, यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन् । जसले गर्दा यसको सेवनले हाम्रो शरीरमा पुस्तिक तत्वको कमी हुदैन ।
२, एलोभेराको प्रयोगले टाउको दुख्ने, डायबिटिज, गर्भाशयको रोग, पेटको खराबी, चाँयापोतो, रुखो छाला, घामले डढेको छाला, अनुहारको दागधब्बा, आँखाको कालो घेरा आदि समस्याहरुबाट मुक्त हुन सकिन्छ ।
३, यसको प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
४० लामखुट्टेको तोकाइले बिग्रिएको छालामा यसलाई लगाउने गरेमा छालालाई राम्रो हुन्छ ।
५, यसको गुदी र जेलले हाम्रो कपाललाई कालो , बाक्लो र बलियो बनाउन मद्धत गर्छ ।
६, आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा एलोभेरा लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ ।
७, यसको काँडायुक्त पातहरुलाई काटेर रस निकाली विहान खाली पेटमा ३(४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ । यसले गर्मी पनि काट्छ ।
प्रकाशित मितिः २०७५ असोज १८ बिहिबार