एसी मिलानको सासुलोमाथि ४–१ को फराकिलो जित

भक्तपुर न्यूज

१५ असोज २०७५ ४:५६

एसी मिलानको सासुलोमाथि ४–१ को फराकिलो जित

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले सासुलोलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ।

मिलानको लागि पहिलो खेलको ३९ औं मिनेटमा फ्रान्क यान्निक किसेले गरेका थिए। यसैगरी सो खेलमा दुई गोल गरेका फ्रान्डिज साइजले ५० औं मिनेटमा दोश्रो गोल गरेका थिए। उनले अतिरिक्त समयको ४ औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दा खेलको ६० औं मिनेटमा स्यामुल क्यास्टिल्जोले तेश्रो गोल गरे।

यस्तै सासुलोको लागि ६८ औं मिनेमा फिलिप जुरिसिसले सान्तना गोल फर्काएका थिए । जितपछि मिलान ६ खेलबाट ९ अंक जोडेर सिरी ‘ए’ को १०औं स्थानमा उक्लिदा पराजित सुसुलो ७ खेलबाट १३ अंकसहित पाँचौं स्थानमा यथावत छ । सात खेलमा अपराजित रहेको युभेन्टस् २१ अंक जोडेर सिरी ‘ए’ को शीर्ष स्थानमा छ । एजेन्सी

प्रकाशित मितिः २०७५ असोज १५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय