कपालको चाँया हटाउने केही सरल उपाय

भक्तपुर न्यूज

१४ असोज २०७५ ६:४९

कपालको  चाँया हटाउने केही सरल उपाय

भक्तपुर । कपालमा चाँया आउने समस्या प्राय मानिसमा देखिन्छ । चाँयाको कारण कपालको सुन्दरता हराएर जान्छ । हाम्रो कपालको हेरचाहा राम्रोसँग नहुँदा हामीलाई चाँयाको समस्याले सताउँछ । यदि हामीले घरेलु सरल उपया अपनाउने हो भने हाम्रो कपालको चाँया हराएर जान्छ । यसका लागी हामीले धेरै चिन्तित भएर बसी राख्नु पर्दैन ।

चाँया हटाउने केही सरल उपाय यस्ता छन्

– नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस् । कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् । यसले कपालमा भएको चिपचिप हटाउन, चाँया भगाउन र कपालमा चमक ल्याउन मद्दत गर्छ ।

– अर्को सरल तरिका, नुहाउनु अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । त्यसलाई त्यतिकै २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् ।

– कपाल र तालुमा दही राखेर पनि चायाँ हटाउन सकिन्छ । कपाल र तालुमा दही राखेर करिब १ घण्टा त्यतिकै छाड्नुहोस् । स्याम्पु लगाएर राम्ररी पखाल्नुहोस् । यसलाई हप्ताको दुई पटक गर्नुहोस् ।

प्रकाशित मितिः २०७५ असोज १४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *