थाइराइडको औषधी समयमा नै सेवन नगर्नाले हुन सक्छन् यस्ता समस्याहरु
भक्तपुर । थाइराइड अहिलेको समयमा धेरै मानिसहरुमा देखिरहेको समस्या हो । शरीरमा थाइराइड हर्मोनको मात्रामा घटबड हुनाले हामीमा यो समस्या आउने गर्छ । हाम्रो शरीरमा आयोडिनको कमी हुनु यस समस्याको प्रमुख कारण हो । थाइराइडको लक्षण देखापर्ने बित्तिकै जाँच गराएर यसको औषधी सेवन गर्नुपर्छ । यदि हामीले यसको औषधी सहि तरिकाले खाएनौं भने हाम्रो स्वास्थ्यमा झन् ठुलो समस्याहरु आउने गर्छन् । त्यसैले थाइराइडले सताएको समयमा यसको औषधी खानामा कुनै पनि प्रकारको लापरवाही गर्न हुदैन ।
नियमित रुपमा औषधी सेवन नगर्नाले हाम्रो स्वास्थ्यमा आउने समस्याहरु यस्ता छन् ।
१, गर्भधारण गरिएको छ भने गर्भमा रहेको बच्चा खेर जाने सम्भावना बढ्छ ।
२, थाइराइडको गडबडीका कारण बच्चा नबस्ने समस्या हुनुका साथै निःसन्तानपनको समस्या धेरै हुने गर्छ ।
३, मुटुको समस्या भएकाहरूलाई थाइराइड भएमा उनीहरूले थाइराइडको औषधी सेवन नगरेमा मुटुमा समस्या हुने गर्दछ ।
४, थाइराइड ग्रन्थिले थाइराइड हर्मोनको बढी उत्पादन गरेमा त्यसले मुटुको चालमा गडबडी गर्ने हुँदा समयमै थाइराइडको औषधी सेवन गर्नुपर्छ ।
५, थाइराइड रोगको औषधी समयमै सेवन नगरेको खण्डमा ओस्टियोपोरोसि बाथ रोग हुने सम्भावना बढी हुन्छ ।
६, त्यसबाहेक शरीरमा मेटाबोलिज्म खानालाई शक्तिमा बदल्नेको कमी भएमा वा शरीरमा तागत नपुगेमा बारम्बार हड्डी फ्य्राक्चर हुने सम्भावना पनि उच्च हुने गर्छ ।
७, थाइराइडको औषधी समयमै सेवन नगरेमा रक्तचाप समेत अनियन्त्रित हुनसक्छ ।
८, कतिपयको हकमा थाइराइडको औषधी नियमित रूपमा सेवन नगरेकै कारण थाइराइडको समस्या भएका व्यक्तिहरूको रगतमा कोलेस्ट्रोल बढ्ने सम्भावना पनि उच्च हुन्छ ।
प्रकाशित मितिः २०७५ असोज १२ शुक्रबार