मुला खाँदा हुने फाइदाहरु

भक्तपुर न्यूज

१२ असोज २०७५ ३:५७

मुला खाँदा हुने फाइदाहरु

भक्तपुर । मुला हामी बजारमा सजिलैसँग पाउन सक्छौँ । यसलाई हामी बढी जसो सलादको रुपमा प्रयोग गर्ने गर्छौं । यसलाई हामी तरकारी र अचार बनाउनको लागी पनि प्रयोग गर्ने गर्छौं । यो हाम्रो स्वास्थ्यको लागी पनि निकै लाभदायक छ । यसले हाम्रो स्वास्थ्यमा देखापर्ने विभिन्न खालका समस्याहरुलाई समाधान गर्न मद्धत पुर्याउँछ । त्यसैले चिकित्षकहरु आफ्नो खानामा मुलालाई सलादको रुपमा सामेल गराउन सुझाव दिने गर्छन् ।

मुला खाँदा हामीलाई हुने फाइदाहरु यस्ता छन्

१, तौल घटाउन मद्धत , यदि तपाइँ तौल बढेर निकै चिन्तित हुनुहुन्छ भने हरेक दिन तौल खाने गर्नुहोस । यसले तपाईलाई निकै फाइदा पुग्छ । यसले हाम्रो शरीरको वेली फ्याटी एसिडलाई कम गर्ने भएकाले हाम्रो शरीरको तौल घट्ने गर्छ । यसमा पाइने नन डाइजेस्टिबल कार्बोहाइड्रेट शरीरको तौल घटाउन निकै लाभदायक मानिन्छ ।

२, मांसपेशी मजबुत बनाउँछ , यसमा प्रोटिनको मात्रा धेरै हुन्छ । प्रोटिनले हाम्रो शरीरमा मांसपेशिलाई बलियो बनाउन मद्धत गर्छ । त्यसैले आफ्नो मांसपेशीको बिकास राम्रोसँग भएको हेर्न चाहनुहुन्छ भने हरेक दिन मुला खाने गर्नुहोस ।

३, कलेजो स्वस्थ राख्छ , जण्डिस लाग्दा होस् वा कलेजो सम्बन्धि कुनै समस्या हुदाँ होस्, चिकित्सकहरु प्राय मुला सेवन गर्नु सल्लाह दिने गर्छन् । मुलामा विशेषगरी एन्टी व्याक्टेरियल गुण हुन्छ जसले पेट र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । मुलामा डिटक्सिफाइङ्ग तत्व समेत हुने भएकोले यसले रगतमा भएका विषाक्तलाई छान्न ९प्युरिफाई गर्न० मद्दत गर्छ । साथै, यसले कलेजामा हुने विषाक्तलाई समेत सफा गरी कलेजोमा संक्रमण हुनबाट जोगाउँछ ।

४, प्रतिरोधी क्षमता बढाउँछ , मुलामा एन्टी अक्सिडेन्ट उच्च पाइन्छ । एन्टी अक्सिडेन्टले फ्रि रेडिकल्ससित लड्नमा मद्दत गर्छ र सेल्स विग्रनबाट जोगाउँछ । मुलाले शरीरमा विषाक्त जम्मा हुनबाट रोक्नुका साथै शरीरमा रहेका सम्पूर्ण विषाक्तलाई बाहिर फाल्नमा मद्दत गर्छ ।

प्रकाशित मितिः २०७५ असोज १२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *