मिश्री खाँदा हाम्रो स्वास्थ्यलाई पुग्ने फाइदाहरु
भक्तपुर । मिश्री चिनी जमेर बनेको एक प्रकारको कण हो । चिनी हामी हाम्रो स्वास्थ्यको लागी त्यति राम्रो मान्दैनौं । तर मिश्रिलाई भने स्वास्थ्यको लागी लाभदायक मानिन्छ । यसमा हाम्रो स्वास्थ्यमा देखापर्ने विभिन्न खालका साना समस्याहरु निको पार्न सक्ने क्षमता छ । यसलाई हामी मन्दिरमा प्रसादको रुपमा पनि प्रयोग गर्ने गर्छौं । त्यसैले यसलाई पबित्र खाध्यपदार्थको रुपमा पनि लिने गरिन्छ ।
मिश्री खाँदा हाम्रो स्वास्थ्यलाई पुग्ने फाइदाहरु यस प्रकार छन्
१, पाचनपक्रिया बलियो । यसमा पाइने विभिन्न खालका तत्वहरु हाम्रो आन्द्राको लागी निकै लाभदायक छन् । जसले गर्दा हामीलाई खाना पचाउन निकै सजिलो हुन्छ । खानापछि यसलाई सुपसँग खाने गरेमा यसले सासलाई गनाउन दिदैंन ।
२, घाँटीको खसखसलाई आराम । यदि तपाईलाई खोकी लागेर घाँटी खसखस भइरहेको छ भने मिश्रीको सानो टुक्रा मुखमा राख्नुहोस । यसले तपाईलाई आराम दिन्छ । मिश्रीमा मरिचको धुलो र घिउ मिलाएर पेस्ट बनाइ राती सुत्नुभन्दा अगाडी खाने गरेमा घाँटीको खसखस हराएर जान्छ ।
३, हेमोग्लोबिन बढ्छ । मिश्रीको सेवनले हाम्रो शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ । तातो दुधमा केसर र मिश्री मिलाएर पिउँदा शरीरमा शक्ति तथा स्फुर्ति आउँछ ।
४, मुखको कालो छाला ठीक गर्छ । मुखको छाला कालो भयो भने मिश्रीलाई अलैंचीसँग मिलाएर पेस्ट बनाउनुस । यो पेस्ट लगाउँदा कालो छाला चाँडै नै हट्छ ।
५, गर्मीमा मिश्री । मिश्रीमा मिठास र चिसोपना दुवै गुण हुन्छन् । कडा गर्मीमा मिश्रीको उपयोग चिसो पेय बनाउनका लागि गरिन्छ । एक गिलास पानीमा मिश्री मिलाएर पिउँदा गर्मीबाट राहत मिल्छ र शरीरलाई तागत पनि प्राप्त हुन्छ ।
प्रकाशित मितिः २०७५ असोज ११ बिहिबार